सामाखुसीमा नालामा खसेर बेपत्ता भएका साजन ११ दिनपछि दक्षिणकालीमा मृत भेटिए

काठमाण्डाै – सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् ।

मगरलाई साउन ७ गते काठमाण्डाैकाे सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाण्डाै प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका अनुसार मुचुल्का सकेर पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा लगिएको छ । मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो ।

सामाखुसी घर भएका साजन पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्दै आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।