ओली र नायिका रीमा बालकोटमा टेबुल टेनिस खेलेर रमाइलो !

काठमाडौँ । अभिनेत्री रीमा विश्वकर्माले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । बिहिबार उनले बालकोटस्थित निवासमै पुगेर ओलीसँग भेट गरेकी हुन् ।

रीमाले सामाजिक सञ्जाल मार्फत ओलीसँग जानकारी दिँदै उनको व्यक्तित्वबाट आफू प्रभावित भएको बताएकी छन् ।

विश्वकर्माले ओलीसँगको भेटका केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा उनको ओलीसँग चिया गफ भएकोदेखि टेबुल टेनिस खेलेर रमाइलो गरेको समेत देखिन्छ ।

ओलीसँग भेटको तस्बिरका साथ उनले लेखेकी छन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रै’छ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला । तर व्यक्ति ‘केपी बा’ चै वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

ओलीले पनि विश्वकर्मासँगको भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी । तपाईँहरू पनि चियाको आनन्द लिनुस् है । गुड फ्राइडे ।’ भेटका क्रममा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।