सइ थापाको कुटपिटबाट फुटबलर शाह घाईते

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबका राष्ट्रिय खेलाडी भरत शाहमाथि नेपाल प्रहरीका नायव निरीक्षक (साइ) रितेश थापाले कुटपिट गरेपछि गम्भिर रुपमा घाइते भएका छन् । घाइते शाहको हाल बिएण्डबी अस्पतालमा उपचार भईरहेको नयाँपत्रीकाले खबर प्रकाशित गरेको छ ।

घाइते शाह पनि नेपाल प्रहरी कै सहायक हवल्दारमा कार्यरत समेत छन् । शाहका दाजु मनोज शाहले घट्नाबारे जाहेरी दिए पनि प्रहरीमा जाहेरी दर्ता नभएको बताएका छन् । भरतका दाजु मनोजले रितेश थापासँगै अनन्तराज थापा विरुद्ध पनि जाहेरी दिएको बताएका छन् ।

रितेश र अनन्त दुवै पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । साथै अनन्त हाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक समेत हुन् । भरतमाथि आक्रमण गर्न अनन्तले रितेशलाई उक्साएको कुरा भरतका दाजु मनोजले बताएको नयाँपत्रीकाले उल्लेख गरेको छ । घट्ना गत साउन १० गतेको भएको बताइएको छ । अनन्तको अष्ट्रेलियाको भिषा लागेपछि त्यसकै खुशीयालीमा पार्टी आयोजना गरिएको थियो ।

सोही पार्टीमा विवाद उत्पन्न भएपछि रितेशले भरतमाथि आक्रमण र कुटपिट गरेको कुरा नयाँपत्रीकाले प्रकाशित गरेको छ । खबरअनुसार भरतको शरीरमा ४० भन्दा बढी टाँका लगाइएको छ । हाल रितेशलाई निलम्बन गरी घट्नाबारे थप छानबिन भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए ।

विस्तृत छानविन पश्चात नै दुवै जना प्रहरीमा कार्यरत भएकाले फौजदारी कारवाही अगाडी बढाउने प्रहरीले स्रोतले जनाएको छ । उता काठमाडौं प्रहरी प्रमुख दान बहादुर कार्कीका अनुसार आन्तरिक छानबिन चलिरहेकाले जाहेरी दर्ताको विषयमा भने निर्णय भइनसकेको प्रतिक्रिया दिएको नयाँपत्रीकाले लेखेको छ ।
त्यसैगरी घट्नाबारे आवश्यक छानविन गर्न एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति समेत गठन गरिएको छ । समितिले घट्नाको सिसिटिभी फुटेजबारे पनि छानविन गरिरहेको नयाँपत्रीकाले जनाएको छ ।-गोलनेपाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।