झापा कारागारभित्र अपरान्हदेखि तनावग्रस्त

विष्णुप्रसाद पोखरेल। दमक, साउन १९ गते । झापाको चन्द्रगढीस्थित झापा कारागारभित्र शुक्रबार अपरान्हदेखि तनाव सिर्जना भएको छ । कैदीको सरुवाको विषयमा कैदीबन्दीहरुले नाराबाजी सहित आन्दोलन गरेपछि कारागारभित्र तनाव सिर्जना भएको हो ।

कारागारभित्र आगजनि समेत भएपछि भद्रपुर, मेचीनगर र बिर्तामोडको दमकल त्यहाँ पुगेर आगजनि नियन्त्रण गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । कारागारभित्र अवस्था तनावग्रस्त भएपछि कारागार परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको छ ।

कारागारमा रहेका कैदीबन्दीहरुले बाहिर सुरक्षाकर्मीहरु रहेको ठाँउमा समेत ढुङ्गा प्रहार गरेपछि थप तनाव सिर्जना भएको हो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार अहिले अवस्था सामान्यजस्तै बनेको छ ।

कारागारमा रहनुभएका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका थिए । “कारागारभित्र रहेका कैदीहरुका केहि माग सम्बोधनको कुरा उठेको छ र त्यस विषयमा छलफल गरिरहेका छौं”, पोखरेलले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖