सिन्धुलीका सुजन थापाको शव फेवातालमा भेटियो

पोखरा । फेवातालमा तैरिरहेको अवस्थामा एक जना युवाको शव फेला परेको छ ।

पोखरा सेदीस्थित वाटरफ्रण्ड रिसोर्टनजिकै तालमा शव तैरिइरहेको अवस्थामा नजिकै रेस्टुरेन्टमा काम गर्नेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कपडासहित तैरिरहेको शवबाट मोबाइल, केही पैसा र लाइसेन्ससमेत फेला परेको थियो । कागजातअनुसार उक्त शव सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ का सुजन थापामगर रहेको प्रहरीले जनाएको थियो ।

पानीका कारण मोबाइल भने नखुलेकाले थप जानकारी पाउन नसकिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

जोशीका अनुसार शव हेर्दा बिहीबार बेलुका डुबेको हुनसक्ने अनुमान छ । उनी सिन्धुलीबाट घुम्न आएका थिए कि पोखरामै बस्थे भन्ने पत्ता लगाउन नसकिएको जोशीले बताए ।

प्रहरीले मुचुक्ला उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।

शव हेर्दा चोटपटक वा कुनै डामसमेत नदेखिएकाले अन्य शंका गर्ने अवस्था भने रहेको जोशीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।