बाँकेकी प्रेसु मिस टिन इन्डियाको ग्रान्ड फिनालेमा

काठमाडौ । बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट भएकी छन् ।

नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल भएको उनकी आमा यामु बुढाक्षेत्रीले बताइन् । ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ । त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ ।

नेपालगन्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा सोखिन थिइन् । उनी नेपालगन्जमा भएको नेपालगन्ज रन वे सिजन–२ मा मोस्ट ब्युटिफुल र बेस्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिइन् । प्रेसुसिंहले मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोटमा परेपछि आफू निकै उत्साहित भएको जनाउँदै घरपरिवारको साथ र सहयोगकै कारण विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने र सफलता पाउने गरेको बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।