गर्भवतीको उपचारका क्रममा ज्यान गएपछि चितवनको मनकामना अस्पतालमा तनाव

चितवन । भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारको लागि पुगेकी गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल र आफन्तबीच तनाव भएको छ ।

तीन महिने गर्भवती ३२ वर्षीया नविना महतोको गएराति उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबार सामान्य रक्तश्राव भएर अस्पताल गएकी नविनाको डाक्टरले उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर २६ घर भएकी महतोलाई गएराति १२ बजे डाक्टरले मृतक घोषणा गरेका थिए ।

महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको आरोप लगाए । अस्पतालले उपचारमा वेवास्ता गरेको आरोपमा महतोका परिवार र आफन्तले शव नबुझी अस्पताल घेराउ गरेका छन् । उनका अनुसार उनको यो दोस्रो गर्भ हो । महतोको पाँच वर्षकी छोरी छन् ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।