मध्यरातसम्म डेटिङ आउने र अनैतिक क्रियाकलाप गर्ने उजुरीपछि पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरभित्रका मन्दिरमा बस्न निषेध गरेको छ । मन्दिरका सिँढी र सतलमा प्रेमी–प्रेमिकाहरु मध्यरातसम्म डेटिङ आउने र अनैतिक क्रियाकलाप गर्ने स्थानीयको उजुरीपछि सो निर्णय भएको हो ।

मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्दै केही स्थानीयले युवा–युवतीलाई प्रहरी बोलाएर हटाएको भिडिओ सामाजिक संजालमा भाइरल भइरहेका बेला महानगरले यस्तो निर्णय गरेको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले पुष्टि गरे ।

मेयर चिरिबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको उनले बताए । मन्दिर क्षेत्रमा महानगर प्रहरी समेत परिचालन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।