युवक हत्या आरोपमा भतिज र भाञ्जा पक्राउ

धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले उनकै भतिज र भाञ्जालाई पक्राउ गरेको छ । बिहीबार कृष्णपुर नगरपालिका –२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाई र भाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चजपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको हो ।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरुले खुलाएका छन् ।

तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिशले बयान दिएका डीएसपी डाँगीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।