रोहित हत्या प्रकरण: पेस्तोल बिक्री गर्ने व्यक्ति पनि समातिए

विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

प्रहरीले शुक्रबार र शनिबार गरी हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालयले गत बुधबार दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

प्रहरीले रोहितको हत्या गर्न पेस्तोल बिक्री गर्ने हतियार कारोबारीदेखि पेस्तोलमा लाग्ने गोली राखिदिने व्यक्तिसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर-१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका-१ घर भई धरान उपमहानगर-८ मा बस्दै आएका प्रकाश लिम्बु, धरानका ३१ वर्षीय सुजन तामाङ र २७ वर्षीय युनेश राई रहेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए।

राईलाई शनिबार धरानबाट पक्राउ गरिएको हो। अन्य तीन जनालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये अजय अवैध हतियार कारोबारी रहेको खुलेको छ।

अजयले चारकोसे झाडीमा श्रृंखलाबद्ध लुटपाट गर्ने र रोहितको हत्या गर्ने गिरोहका मुख्य नाइके लेटाङ नगरपालिका-१ घर भएका ३५ वर्षीय दीपक तिम्सिनालाई अवैध हतियार बिक्री वितरण गरेको पाइएको एसपी दाहालले जानकारी दिए।

तिम्सिना र धरान-१४ का ३४ वर्षीय अनसन तामाङ गत बुधबार नै पक्राउ परेका थिए।

‘अजयले भारतदेखि अवैध रूपमा हातहतियार ल्याउने गरेको पाइएको छ। अवैध तरिकाले ल्याएको हतियार भण्डारण गर्ने र आपराधिक क्रियाकलापमा लागेका युवालाई बिक्री गर्ने गरेको पाइएको छ,’ एसपी दाहालले भने, ‘अजयले दिपकलाई ४५ हजारमा पेस्तोल बिक्री गरेको पाइएको छ।’

पक्राउ परेका सुजन र प्रकाशले रोहितसँग गएका किशोरीलाई घाँटीमा खुकुरी देखाएर लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ।

दिपकसहितका तीन जनाको समूहले असार ८ गते साँझ साढे ६ बजेतिर धरान-१७ खैरेनी जंगलमा लुटपाट गरेको थियो।

एक जना महिलालाई नहाडाबाट धरानतर्फ जाँदै गर्दा ३ जना अज्ञात व्यक्तिहरूले लाठी र खुकुरी देखाएर उनले लगाएका १ तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मंगलसुत्र, आधा तोलाको सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५ सय रुपैयाँ लुटेको थियो।

लुटपाट गरेर तीन जना फरार भएका थिए।

‘खैरेनी जंगलमा लुटेको सुन बेचेर उनीहरूले हतियार किनेको खुलेको छ,’ एसपी दाहालले भने, ‘हतियार किनेपछि पनि उनीहरूले यो जंगलमा पटक-पटक लुटपाट गरेका छन्।’

साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जंगलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए। लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए।

घाइते भएका रोहितको सोही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।