वर्षाको गतिविधि बढ्यो, अब तीन दिन यस्तो हुनेछ देशभरको मौसम

काठमाडौं । नेपालमा वर्षा गराउने गतिविधि बढेको छ । अबका तीन दिन वर्षाको सम्भावना हिजोआजका तुलनामा बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातिदेखि वर्षाको सम्भावना बढ्नेछ । तीन दिनसम्म सामान्यदेखि पूर्ण बदली रहने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
“देशैभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यो भनेको बादल लागिरहने हो,” उनले बाह्रखरीसित भनिन्, “बादल लागिरहने र पानी पर्ने हुन्छ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।”

उनका अनुसार यो अवधिमा काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा समेत हुने सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपासको आकाशमा अवस्थित न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा अहिले ‘अलिकति माथि सरेको’ मौसमविद् मानन्धरले बताइन् । सोही कारण वर्षाको गतिविधि बढेको उनले जानकारी दिइन् ।

“न्यूनचापीय प्रणाली अलिकति माथि सरेको छ । त्यसले वर्षाको गतिविधि बढेको हो । आज रातिदेखि तीन दिनसम्म वर्षाको सम्भावना अहिलेभन्दा बढी देखिन्छ,” उनले भनिन् ।

यो रेखा जता नजिक भयो, त्यता वर्षाको गतिविधि बढी हुने उनले बताइन् । उनका अनुसार केही दिनपछि यो रेखा नेपालनजिक सर्न सक्ने सम्भावना छ । त्यसो भएको खण्डमा यहाँ वर्षाको सम्भावना अझ बढी हुनेछ ।

“यो अहिलेसम्मको स्थिति हेर्दा हो । भोलि फेरि पूर्वानुमान गर्छौँ । अहिलेको अवस्थामा तीन दिन बदलीको सम्भावना बढी छ,” उनले भनिन् ।
आज राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

भोलि राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । कोसी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।