गर्भपतन गराउँदा मृत्यु प्रकरण : मनकामना अस्पतालले सुरक्षित गर्भपतन गर्ने स्वीकृति नै नलिएको खुलासा

चितवन । १६ हप्ताको गर्भवती महिलाको गर्भपतन गराइ साढे २७ लाख दिएर घटना सामसुम पार्न खोज्ने भरतपुरस्थित मनकामना अस्पतालले गर्भपतन गराउने स्वीकृति नै नलिएको खुलेको छ ।

सुरक्षित गर्भपतनको लागि सूचीकृत नै नभएको अस्पतालले अवैध रुपमा गर्भपतन गराउने गरेको खुलेको हो ।

स्वास्थ्य कार्यालय चितवनले मनकामना अस्पताल सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत संस्था नभएको जनाएको छ ।

कार्यालयकी सुरक्षित गर्भपतन कार्यक्रम फोकल पर्सन तथा जनस्वास्थ्य नर्स अधिकृत नन्दकली चपागाईँले मनकामना अस्पतालले कानूनी रुपमा सुरक्षित गर्भपतनको लागि स्वीकृति नलिएको जानकारी दिइन् ।

उनका अनुसार चितवनमा सरकारी, निजी र स्वास्थ्य संस्थाहरु गरि २३ वटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतनको लागि सूचीकृत छन् ।

जिल्लामा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थाहरुको तथ्यांक स्वास्थ्य कार्यालयसँग हुन्छ । उनले मनकामना अस्पतालको अनुमति सूची कार्यालयसँग नभएको बताइन् ।

गएराती मृत्यु भएकी ३५ वर्षकी नविना महतोको गर्भ १६ हप्ताको भएको उनका श्रीमान् मणिक महतोले जानकारी दिएका छन् ।

यद्यपि अस्पतालले यस विषयमा आधिकारिक भनाइ सार्वजनिक गरेको छैन । अस्पताल सञ्चालक पनि सम्पर्क बाहिर छन् ।

महिलाको सहमति भए १२ हप्ता सम्मको गर्भपतन गराउन पाइने कानूनी व्यवस्था छ । तर, सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था र चिकित्सक दुबै गर्भपतन गराउन अनुमतिप्राप्त हुनुपर्छ ।

स्वास्थ्य कार्यालयको रेकर्डमा चितवनमा २३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपनका लागि अनुमति पाएका छन् । तिमध्ये १४ सरकारी र ९ वटा निजी स्वास्थ्य संस्था छन् ।

सुरक्षित गर्भपतनको अनुमति पाउनेमा सरकारी तर्फ भरतपुर अस्पताल, रत्ननगर अस्पताल, माडीको बघौडा अस्पताल, खैरहनी अस्पताल, जुटपानी अस्पताल, शक्तिखोर हेल्थ पोष्ट, भण्डारा अस्पताल, पिप्ले हेल्थपोष्ट, वीरेन्द्रनगर हेल्थ पोष्ट, काउले हेल्थ पोष्ट, मेघौली हेल्थ पोष्ट, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, जगतपुर हेल्थ पोष्ट, र शारदानगर हेल्थपोष्ट रहेका छन् ।

निजी स्वास्थ्य संस्थामा चितवन मेडिकल कलेज, चौधरी क्लिनिक खैरहनी, नेपाल परिवार नियोजन संघ, नेशनल सिटी अस्पताल, नारायणी सामुदायिक अस्पताल, आदर्श नारी क्लिनिक, मेरो स्वास्थ्य क्लिनिक, सुनौलो भविष्य नेपाल र मेरी स्टोपले गर्भपतनका लागि अनुमति लिएका छन् ।

उनीहरुले १२ हप्तासम्मको गर्भपतन गराउने गरी अनुमती पाएको चापागाईले जानकारी दिइन् । तर, १२ हप्ताभन्दा माथिको गर्भपतन गराउने अधिकार भरतपुर अस्पताललाई मात्र छ ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।