ओलीको फेसबुक स्ट्याटसमा बाँदरले मकै सखाप पारेको तस्बिर आएपछि…

काठमाडौ । साउन सकिनै लागेको छ। यतिबेला कृषकका खेत–बारीका मकैले घोगा हालिरहेका छन्। दूध सुक्नै आँटेका मकै किसानले भित्र्याउन भने पाउँदैनन्। बाँदरले सखाप पारिदिन्छ।

देशका पहाडी भूभाग मात्र होइन तराईका कृषकहरू पनि बाँदर आतङ्कले आक्रान्त छन्। मुखमुख आइसकेको खाद्यान्न तथा नगदेबाली बाँदरले लुछलाछ पारेर सकिएदिएपछि कृषकले पाखाबारीमा खेतीपाती गर्नै छाडेका छन्। बारी बाँझिएर जंगलमा परिणत भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिनअघि लेखेको फेसबुक स्ट्याटसमा खगेन्द्र पाण्डेले यस्तै बाँदर आतंकको हृदयविदारक फोटो रिप्लाइ गरिदिए।

जहाँ बाँदरले दारेर छाडेका मकै र खोस्टामाथि एकजना वयोवृद्ध किसान सुतिरहेका छन्। छेवैमा उनकी श्रीमती पुर्पुरामा हात लगाएर बसिरहेकी छन्।

यही फोटोमाथि प्रतिक्रिया जनाउँदै ओलीले कहिलेकाहीँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र होइन, हाम्रा समस्याका तस्बिर पनि आउने बताएका छन्।

‘तीन दिनअगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे। हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो,’ उनले लेखेका छन्, ‘उहाँले तस्बिर पोस्ट गर्दै लेख्नु भएको रहेछ–यसबारे पनि केही बोल्नु । हो, अवश्य । बोल्नै पर्छ।’

उनले बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पनि पर्ने बताएका छन्।

‘तपाईंको जानकारीका लागि हामी सरकारमा रहेका बेला स्थानीय तहमार्फत् यसको केही सुरुवात पनि गरेका थियौं, जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तता दिँदै थप ध्यान दिनु आवश्यक छ । सबैलाई प्रतिक्रियाको लागि आग्रह गर्दछु । खगेन्द्र पाण्डेलाई धेरै धेरै धन्यवाद!,’ उनले लेखेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।