फुटबल मोहले पक्राउ परे ११ वर्षदेखि फरार खुँखार अपराधी

ग्रीस । ११ वर्षदेखि फरार इटालीका एक खतरनाक अपराधी कोर्फूबाट पक्राउ परेका छन् । आफ्नो टिमको जीतको खुसीयाली मनाइरहेको उनको तस्बिर सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । ६० वर्षीय भिन्सेन्जो ला पोर्टा नापेल्सको कामोरा आपराधिक समूहसँग नजिक रहेका थिए ।

उनी ११ वर्षदेखि प्रहरीबाट भाग्दै आएका थिए । तर, यो वर्षको सुरुवातमा फ्यानहरूले खुसीयाली मनाइरहेको फोटोमा उनी देखिएका थिए ।

नापेल्स काराबिनेरी प्रहरीले भन्यो, ‘उनलाई फुटबल र नापोलीको मोहले धोका दियो ।’ प्रहरीका अनुसार तीन दशकपछि नापोलीले पहिलोपटक इटालियन लिगको उपाधि जितेपछि उक्त तस्बिर खिचिएको थियो । ‘लिग जितेपछि ला पोर्टाले खुसीयाली मनाउनबाट आफूलाई रोक्न सकेनन्,’ प्रहरीको भनाई छ । ला पोर्टालाई इटालीमा आपराधिक संलग्नता, कर छली र ठगीमा दोषी पाइएको थियो ।

शुक्रबार ग्रीक टापुमा मोपेडमा यात्रा गरिरहेका बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो । हाल हिरासतमा रहेका उनलाई इटाली पठाउने तयारी गरिएको छ । इटालीमा पुगेपछि उनले १४ वर्ष ४ महिनाको जेल सजाय काट्न बाँकी रहेको छ । -बीबीसी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।