यिनै रहेछन् लोकेन्द्र,जो दाजुको अस्तु सेलाउन देवघाट पुगेर ३ दिनदेखि नारायणीमा बेपत्ता छन्
रुपन्देही । मामाको छोराको अस्तु सेलाउन देवघाट गएका दाङको तुलसीपुर उपमहानगरपालिका-१२ कौवापुरका ३३ वर्षीय लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा तीन दिनदेखि बेपत्ता छन् । दाजु रेमन्तको अस्तु सेलाउन बिहीबार देवघाट पुगेका लोकेन्द्रलाई नारायणीले बगाएको थियो ।
बेपत्ता लोकेन्द्रको खोजी भइरहेको प्रहरीको भनाइ छ । तुलसीपुर-१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते भएका रेमन्तको उपचारका क्रममा बुधवार भारतको लखनउमा मृत्यु भएको थियो ।
बेपत्ता लोकेन्द्रका दिदी तारा भुसालले अहिलेसम्म भाइको अवस्था पत्ता नलागेको र प्रहरीले खोजतलासमा तरारुकता नदेखाएको गुनासो गरिन् ।
‘अस्तु सेलाउने ठाउँको बारेमा कुनै जानकारी नराखिने कमजोरी स्थानीय व्यवस्थापनको छ, भाइ नदीमा परिसकेपछि पनि सामान्य डोरीसमेत कसैले नदिएको प्रत्यक्षदर्शीले बताएका छन्, सबैले खोजी गरेका छौं, हिजो सुस्तासम्म भाइहरू पुगेर आए, सबैको सहयोगमा भाइको उद्दार छिटो होस् हाम्रो आग्रह छ’, उनले भनिन् ।


