‘ओभर ड्रिंक’ गरेर अन्धधुन्ध टिपर हाँकेपछि…

काठमाडौं । सुनसरीमा मादकपदार्थ सेवन गरेर टिपर चलाएको र दुर्घटना गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका–८ का रेवत मण्डल छन् ।

शनिबार राति उनले हाँकेको प्र–१०२–००१–ख ८३०७ नम्बरको टिपर इनरुवा–४ मा दुर्घटना भएको थियो । मण्डलले ‘ओभर ड्रिंक’ गरेर टिपर चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले
बताए ।

उनका अनुसार उक्त टिपर सडक किनारका चार/पाँच विद्युतीय पोलमा ठोक्किएको थियो । टिपर अनियन्त्रित रूपमा अघि बढेको थियो । त्यसपछि नजिकै खोल्सामा खसेको उनले बताए ।

“ओभर ड्रिंक (अत्यधिक मदिरा सेवन) गरेर टिपर चलाएको रहेछ, पोलमा ठोक्किँदै खोल्सामा गएर खसेको थियो । त्यसपछि २००–३०० पब्लिकले घेरेर राख्नुभएको थियो,” उनले बाह्रखरीसित भने, “हामीले उनलाई समातेर ल्याएका हौँ । थप अनुसन्धान भइरहेको छ ।”

मण्डलको उमेर कति हो भन्ने पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ ।
टिपरका मालिकलाई प्रहरी कार्यालयमा बोलाइएको र थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।