सर्वोच्च अदालतका न्यायाधीशका पिएसओको पेस्तोल यसरी चोरीएको रहेछ

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ)ले बोक्ने पेस्तोल चोरी भयो । असार ३१ मा राति पेस्तोल चोरी भएकोबारे प्रहरी नायव निरीक्षक प्रभाकर खड्काले प्रहरी वृत बौद्धमा जानकारी गराएका थिए ।

बौद्धस्थित खड्काको घरको पहिलो तलाबाट दुई जनाले पेस्तोल सहितको झोला चोरेको अनुसन्धानबाट थाहा भएको छ । चोरले ‘अङ्कुसे’ ले तानेर झोला बाहिर निकालेको र त्यहाँबाट पेस्तोल निकाले अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

चोरीमा संलग्न आरोपमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय वासुदेव थामी र सिन्धुली घर भएका मेघबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए ।

चोरले मध्यराति मकैबारीमा लगेर झोला खानतलासी गरेका थिए । प्रहरी नायव निरीक्षक (सई) प्रभाकार खड्काको झोला र प्रहरी परिचयपत्र मकैबारीमा भेटिएको छ । पेस्तोल र ७ राउन्ड गोली बोकेर चोर अर्को घरमा चोर्न गएका थिए । नजिकैको अर्को घरबाट उनीहरूले आइफोन ‘सेभेन प्लस’ चोरेर हिँडेको अनुसन्धानबाट थाहा भएको छ ।

आइफोन अनलक गरेपछि…

न्यायाधीशका पिएसओको पेस्तोल चोरेको घटना पत्ता लगाउन प्रहरीलाई १९ दिन लाग्यो । शुरुमा ‘क्लू’ नै नभेट्दा समय लागेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पेस्तोल चोरेपछि मेघबहादुर तामाङले बौद्ध शिवमन्दिरस्थित आफ्नो डेरामा लुकाएर राखेका थिए ।

पेस्तोल लुकाएर उनीहरू आइफोन बेच्न लागिपरे । प्रहरीलाई झुक्क्याउन उनीहरू चोरेको आइफोन ‘सेभेन प्लस’ को लक खोल्न ललितपुरस्थित सातदोबाटो पुगे । सातदोवाटोमा पूर्व परिचित मोबाइल पसलेकहाँ गएर मोबाइल अनलक गर्न लगाए ।

अनुसन्धान अधिकृतहरू मोबाइल अनलक गर्ने पसल सञ्चालक कहाँ पुगेपछि चोरीमा संलग्नहरूको पहिचान खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपितहरूलाई चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुङ्गेलले जानकारी दिए ।

अरोपीहरुले लुकाएर राखेको चाइनिज ‘टाइप–५४’ पेस्तोल प्रहरीले बरामद गरेको छ । सो पेस्तोल प्रहरीले भिआइपीको सुरक्षामा प्रयोग गर्दै आएको छ । -रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।