एकै वर्ष ३ अर्बभन्दा बढीको स्याम्पु, क्रिम आयात : सेल्फी स्टिक किन्दा ६८ लाख रुपैयाँ बाहिरियो

काठमाण्डाै – दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ ।

विभागका अनुसार गएकाे आर्थिक वर्षमा ‘नेल पोलिश’ को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार रुपैयाँ बाहिरिएको छ । त्यस्तै फेसक्रिम आयतमा ७८ करोड पाँच लाख ८१ हजार रुपैयाँ विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ४६ करोड नौ लाख ८९ हजार रुपैयाँ बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले २३ करोड चार लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

एक करोडको सिन्दुर आयात

नेपाली महिलाले प्रयोग गर्ने सिन्दुरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा एक करोड पाँच लाख ६५ हजार रुपैयाँको सिन्दुर आयात भएको छ । गएकाे आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात

विभागका अनुसार गएकाे आवमा तीन अर्ब रुपैयाँभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायतका वस्तु आयातमा याे धनराशि खर्च भएको हो ।

गएकाे आवमा ६३ करोड २१ लाख ३३ हजार रुपैयाँकाे स्याम्पु आयात भएको छ भने ६९ करोड ७७ लाख ७९ हजार रुपैयाँका कपालमा लगाउने तेल आयात भएको छ । साथै सात करोड ३२ लाख ३८ हजार रुपैयाँ बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ ।

त्यस्तै कन्डिस्नर आयातमा १० करोड ४५ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा ६२ करोड २० लाख ८३ हजार रुपैयाँ बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा ९७ करोड ६१ लाख २० हजार रुपैयाँभन्दा बढी रकम विदेशिएको छ ।

आँखा र ओठ शृङ्गारमा ५५ करोड

विभागका अनुसार गएकाे आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गएकाे आवमा मेकअपका सामान आयातमा ३६ करोड ४४ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै १९ करोड ४० लाख ८० रुपैयाँ खर्च भएको छ । त्यस्तै अन्य शृङ्गारका सामग्री आयातमा तीन अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

१६ करोडको टुथपेस्ट

त्यस्तै विभागका अनुसार गएकाे आवमा ७१ करोड ३२ लाख ५८ हजार रुपैयाँ बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ । यस्तै ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ ।

पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो

विवरणअनुसार गएकाे आर्थिक वर्षमा एक अर्ब रुपैयाँभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन् । गएकाे आवमा ५७ करोड ७६ लाख ९८ हजारको बलपेन आयात भएको छ । त्यस्तै १४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको पेन तथा मार्कर आयात भएको छ । विभागका अनुसार गएकाे आवमा ५४ करोड ५१ लाख रुपैयाँभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन् । गएकाे आवमा एक करोड ७२ लाखको पेनका निब, तीन करोड ७२ लाख रुपैयाँका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ ।

पकेट लाइटर आयातमा ५२ करोड खर्च

गएकाे आवमा ५२ करोड रुपैयाँभन्दा बढीको पकेट लाइटर आयात भएको छ । त्यसमा ४६ करोड ७२ लाख १५ हजार रुपैयाँको पुनः ग्यास भर्न नमिल्ने, एक करोड २३ लाख ९८ हजार रुपैयाँको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर ५१ लाख ५५ हजार रुपैयाँको आयात भएको देखिन्छ ।

६८ लाखको सेल्फी स्टिक आयात

विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लट्ठी (सेल्फी स्टिक) को आयातमा ६८ लाख ४४ हजार रुफैयाँ खर्च भएको छ भने दुई करोड ५५ लाख २६ हजार रुपैयाँ बराबरको ट्राइपड आयात भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।