यौन दुर्व्यवहारका आरोपी घलेलाई थप ५ दिन हिरासतमा राखिने

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सोनाम घ्याम्चे घले (लामा धुन्डुप) थप ५ दिन हिरासतमा रहने भएका छन् ।

नेपाल प्रहरीको स्वयम्भु वृत्तले उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको वृत्तका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । अनधिकृत रुपमा बालगृह सञ्चालन गरेर बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घलेलाई १० साउनमा पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार एक जना बालिकाले जबरजस्ती करणी र ४ जनाले बाल यौनदुरुपयोगको आरोपमा उजुरी दिएका छन् ।

यस प्रकरणमा थप जाहेरी आउन सक्ने देखेर प्रहरीले घलेमाथिको अनुसन्धान जारी राखेको हो ।

उद्दार गरेकाहरुको व्यवस्थापन

बालगृहमा यौन दुव्र्यवहारमा परेको र अन्य गरी उद्दार गरेका ५७ बालिका तथा बालगृहमा बस्ने ४५ बालकहरुको व्यवस्थापन भएको छ । बालबालिकाको लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालका अनुसार उद्दार गरेका सबै बालबालिकाहरु व्यवस्थापन भएको हो ।

‘५७ बालिकाहरुको सिविनको सेफ हाउसबाट महानगरभित्र रहेका विभिन्न सेफ हाउसमा राखिएको छ, तत्काल उनीहरुलाई बालमैत्री वातावरणमा शिक्षा दिक्षाको लागि महानगरसँग समन्वय गरेर व्यवस्थापन गरिएको छ’, सिलवालले भने ।

स्नो मञ्जुश्री आश्रममा रहेका ४५ जना बालकहरुमध्ये ४४ जना बालकहरुलाई परिवारिक पुनर्स्थापना गरिएको छ । ‘एक जना बालक भने अभिभावकविहीन अवस्थाका रहेछन्, उनलाई तत्कालको लागि अस्थायी संरक्षणकर्तासँग राखिएको छ’, उनले भने ।

घलेले बालबालिकालाई शिक्षादीक्षा दिन भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका नाममा स्नो मञ्जुश्री नामक संस्था दर्ता गरेका थिए । उनले ४ पुस २०७० मा कम्पनी दर्ता गरेका थिए ।

गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिलाउने भनेर काठमाडौंको स्वयम्भूमा ‘स्नो मञ्जुश्री स्कुल’ नामक बालगृह चलाउने भने पनि उनले त्यसो नगरी स्वयम्भूस्थित आनन्दकुटी विद्यालयसँगको सहकार्यमा बालगृह सञ्चालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।