झापाबाट ब्राउन सुगर सहित २२ बर्षिय युवक पक्राउ
झापा, साउन २२ ।झापाको दमक नगरपालिका-९ चिया वगान स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो साढे १० बजे लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोहित गौतमलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम बरामद गरेसगै प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


