शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा …

डुम्रे, २२ साउन (रासस) ः तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन् । विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन् । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको विकास गरिएको विद्यालयले जनाएको छ ।

शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीभन्दा ठूला मान्छेले नै सिकाएको हुँदा हामीले नमस्कार गर्नुपर्छ भनेर विद्यार्थीले सिक्ने हुँदा अभियान चलाएका हौँ ।”

विद्यार्थीलाई बानी पार्ने र नमस्कार गर्ने एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालयले जनाएको छ । वार्षिक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकाले संस्कारयुक्त शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताउनुभयो ।

शिक्षकका अतिरिक्त व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर हरेक दिन बिहान ९ः३० बजे नै विद्यालयको प्रवेशद्वारमा आएर नमस्कार गर्न खटिने गरेका छन् । संसार बदल्ने हो भने पहिला आफू बदल्नुपर्छ भन्ने हेतुले शिक्षकले नै नमस्कार गरेर सुरुआत गरेको सहायक प्रधानाध्यापक घनश्याम गौतमले बताउनुभयो ।

व्यवस्थापन समिति र शिक्षकको बैठकले निर्णय गराएर अभियानको सुरुआत गरिएको पूर्वप्रधानाध्यापक तीर्थराज परियारले बताउनुभयो । विद्यार्थीलाई किताबको शिक्षा सिकाएर राष्ट्रलाई फाइदा नगर्ने हुँदा संस्कार सिकाउन थालिएको सो वडाका निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।

सुरुमा सरहरुले नमस्कार गर्दा आफूलाई अप्ठ्यारो लागेको भए पनि हाल सहज भएको कक्षा ९ मा अध्ययन गर्ने प्रमिला ढुङ्गानाले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासोका बीच विद्यार्थीलाई अनुशासनको परिधिभित्र बाँध्न अभियानले सघाउने विद्यालयको विश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।