काठमाडौबाट दार्चुला आइरहेको बसमा भेटियो बेवारिसे सात तोला सुन, अनुसन्धान गर्दै प्रहरी

बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परको छ । काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामाग्रीमा सुन आइतबार बिहान फेला परेको हो । खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ ।

पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए । प्रहरीलाई संका लागेपछि बरामत गरेर सुरक्षीत राखेको छ ।

इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरिक्षक कमल प्रशाद चौधरीको नेतृत्वमा खटिएको टोलीले सुन बरामत गर्दै इलाका प्रहरी कार्यालय पाटनमा लगिएको हो ।

८३ ग्राम ५२० मिलिग्राम ९करिब ७ तोला अढाइ आना० परिमाणको सुन भेटिएको र बिल समेत नरहेको पाइएपछि बरामत गर्दै सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए ।

बिना बिलको सुन भेटिएकाले संका लागेपछि बरामत गर्दै सुरक्षित राखिएको उनले बताए ।

सुन भेटिएको प्याकेटमा बिल नभेटिएको हुनाले वैधानिकता माथि संका गरिएको छ । यद्यपी दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र यसको बिल समेत रहेको बताएको पनि प्रहरीले बताएको छ ।

तर सुनसँगै बिल नभएको र फोनबाटै बिल रहेको जानकारी मात्रै गराएको हुनाले संकास्पद मानिएको छ । यद्यपी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।