युवतीलाई प्रेमजालमा पारेर करोड ठगी

काठमाडौं । रौतहटको गौर नगरपालिका–३ का सतेन्द्र अधिकारी भनिने सत्यन्द्रप्रसाद यादवलाई आइतबार प्रहरीले पक्राउ ग¥यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको हो ।

ठगीको आरोपमा यादवलाई पक्राउ सो कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए । उनका अनुसार यादवले आफू वीर अस्पतालकोे डाक्टर र गृह मन्त्रालयको कर्मचारी रहेको भन्दै मानिसलाई प्रभावमा पारेर ठगी धन्दा चलाएका थिए ।यादवले पीडितलाई अस्पतालमा जागिर लगाइदिनेदेखि क्यानडा, इजरायललगायत देशमा सरकारी कोटामा पठाइदिने भन्दै लाखौँ रकम गठी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।

“यादव पटके ठग रहेको खुलेको छ । यसअघि पनि ठगी मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएको देखिएको छ,” एसपी केसीले बाह्रखरीसित भने, “धेरै मानिसलाई प्रभावमा पारेर करोडौँ ठगी गरेको देखिन्छ ।”प्रहरीका अनुसार यादवले युवतीलाई मुख्य ‘टार्गेट’ बनाएर गठी धन्दा चलाउने गरेका थिए । दुई महिलाले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

दुई महिलाबाट करिब ३१ लाख रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएका थिए । उनले विकास पाण्डे नाम गरेका व्यक्तिको मोटरसाइकलको बिलबुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको समेत खुलेको छ ।यस्तै उनले ठगी गर्न विभिन्न युवतीका नामको नागरिकतादेखि फोन नम्बर दुरुपयोग गर्ने गरेको देखिएको छ । यादवमाथि प्रहरीले ठगीसम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।

वीर अस्पतालको डाक्टर हुँ भन्दै ठगी गर्ने यादव एक्ला व्यक्ति होइनन् । सोही आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यसअघि एकजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कञ्चनपुरका बलराम भनेर चिनिने २७ वर्षीय मातृकाप्रसाद जैसी थिए । हाल उनी पुुर्पक्षका लागि जेल चलान भएका छन् । गएको असार ७ गते प्रहरीले जैसीलाई पक्राउ गरेको थियो ।

जैसीले विभिन्न युवतीलाई आफू वीर अस्पतालको डाक्टर रहेको भन्दै प्रभावमा पारेर रकम असुली गर्दै आएका थिए । केही युवतीलाई बिहे गर्ने प्रभावमा समेत पारेर जैसीले रकम असुल गरेको खुलेको परिसरका प्रमुख एवं एसएसपी दानबहादुर कार्कीले बताए ।जैसीले विभिन्न युवतीबाट एक करोड सात लाख ३८ हजार रुपैयाँ ठगी गरेको भन्दै सोहीअनुसार बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो ।

जैसीले आफू वीर अस्पतालको १२औँ तहको डाक्टर भएको बताउँदै एप्रोन लगाएर युवतीसँग भिडियो कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका थिए । उनी पनि पटक–पटक प्रहरीको फन्दामा पर्दै छुट्दै गरेका आरोपित हुन् ।यसअघि, आफ्नै प्रेमिकालाई झुक्याएर आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीविरुद्ध जिल्ला अदालत कैलालीले ६ वर्षको कैद सजाय तोकेको थियो । उनले सो कैद भुक्तान गरिसकेका छन् ।उनै जैसी नक्कली डाक्टर बनेर दुई युवतीलाई प्रेमजालमा पारी ठगी धन्दामा लागेर फेरि जेल पुगेका हुन् । जैसीले युवतीसँग ठगी गरेको रकमले वाग्मती प्रदेश ०२७ च २८८४ नम्बरको कार समेत किनेको खुलेको थियो ।

छापाखानामा बनाइन्छ नक्कली कार्ड
प्रहरीले पक्राउ गरेका दुवैजनाको साथबाट नक्कली परिचयपत्र समेत बरामद गरेको थियो । त्यस्ता परिचयपत्र ठगीधन्दा चलाउने व्यक्तिहरूले विभिन्न छापाखानामा छपाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ठगी गर्ने व्यक्ति अदालतबाट सहजै धरौटीमा छुट्ने भएकाले पटक–पटक सोही धन्दामा लाग्ने गरेको प्रहरीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।