दाहसंस्कार गर्न चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो

सुरुङ्गा (झापा) (रासस) : कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो ।

कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पु¥याएको थियो । तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले स्थानीयवासीको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिनुभयो ।

कनकाई–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुई जना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ । प्रायजसो घरमा झैझगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमान्को कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

“स्थानीयवासीको मौखिक उजुरीका आधारमा पूजाको शव परीक्षणका लागि लगिएको हो”, प्रहरी नायब उपरीक्षक कार्कीले भन्नुभयो ।

पूजाको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनका श्रीमान् चोपेन्द्र ठेक्कापट्टाको काम गर्दै आएको जनाइएको छ । चोपेन्द्रको परिवारमा यसअघि दुई श्रीमती र श्रीमान्बीच मादक पदार्थ खाएको विषयमा झैझगडा हुँदै आएको स्थानीयवासीले बताएका छन् । मृतक पूजाका १० वर्षीय एक छोरा रहेको जनाइएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।