डिलाशैनी गाउँपालिकाद्धारा सूचना दिन आलटाल, अनियमितता लुकाउन खोजेको आरोप

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले सूचना दिन आनाकानी गरेको छ। सूचनाको हकसम्बन्धी ऐनमा आधारित भएर माग गरिएका सूचना दिन गाउँपालिकाले आनाकानी गरेको सूचना मागकर्ताले आरोप लगाएका छन्।

डिलाशैनी गाउँपालीकाका स्थानीयले गत श्रावण ४ गते सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) को ऐनअनुसार गाउँपालिमा निवेदन दिएका थिए।

गाउँपालिकाका सूचना अधिकारी नवीन रानाले उक्त निवेदन बुझ्दै १५ दिनभित्र माग गरिएका सूचना उपलब्ध गराउने आश्वासन दिएको सूचना मागकर्ता बिपिन नाथले बताए। तर, आज (सोमबार) १८ दिन बितिसक्दासमेत सूचना नदिएको उनले बताए।

‘आज १८ दिनपछि सूचना माग्न गाउँपालिकाको कार्यालय धामीगाउ पुग्यौँ। सूचना उपलब्ध गराउनुको सट्टा निवेदनको प्रक्रिया पुगेन भन्ने जवाफ पालिकाबाट पाए,’उनले भने,‘हामीले सबै प्रक्रिया पुगाएर निवेदन दियौँ। दर्तासमेत गरे अहिले १८ दिनपछि निवेदन भएन भन्ने जवाफ दियो। पालिकाले आफूले गरेका गलत कामको ढाकछेप गर्न यस्तो गर्‍यो।’

गत श्रवाण ४ गते पालिकाले कार्यालयमा दर्ता चलानी ३० नम्बर राखेर निवेदन दर्ता गरेको छ।

संविधानको २०७२ को धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्बजनिक कुनै पनि बिषयको सूचना माग्न पाउने नियम छ त्यो नियमको पालन नगरी नागरिकले पाउने पर्ने सूचनाबाट पालिकाले बञ्चित गरेको कांग्रेस डिलाशैनी सभापति जयानन्द जोशी बताउछन्। उनले भने, ‘गाउँपालिकाले धेरै बदमाशी गरेको हुनाले सूचना दिनसमेत पन्छिदैछ। गाउँपालिकाले अनियमितता भ्रष्टाचार गरेको हुनाले सूचना दिनबाट पालिका भागिरहेको छ। अब छिट्टै पालिकाले सूचना उपलब्ध नगराए संघर्षका कार्यक्रम घोषणा गर्छौं। सूचना लिनु हरेक नागरिकको अधिकार हो। डिलाशैनीले सूचना उपलब्ध नगराउनुको मुख्य कारण अनियमितता र बेथिति लुकाउनु हो।’

सूचना मागकर्ताले प्रक्रिया नपुगाएर सूचना मागको निवेदन पालिकामा पेश गरेकोले सूचना दिन नसकेको गाउँपालिका प्रवक्ता यज्ञ भट्ट बताउछन्। उनले भने, ‘निवेदनको प्रक्रिया पुगेको छैन। सूचना मागकर्ताले प्रक्रिया पुगाएर निवेदन दिएनन्। कसले सूचना माग गरेको हो त्यसको कुनै प्रमाण छैन। सूचना मागको आधारमा निवेदन दिएर प्रमाण जुटाएपछि मात्रै सूचना उपलब्ध गराउछौँ। निवेदनमा जहाँ दस्तखत हान्नु पर्ने हो त्यो ठाउँमा दस्तखतसमेत छैन सुचना मागकर्ताहरुको। प्रक्रियामा आए हामी सूचना दिन्छौं। हामीले हरेक नागरिकलाई सूचना दिनु हाम्रो कर्तव्य हो। हामीले सूचना दिन आनाकानी गरेका छैनौँ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।