अदालतले धरौटीमा छोड्दा पनि गुण्डा नाईके सानुभाईको जेलमै बस्ने इच्छा

काठमाडौं। अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् ।

धरौटी नबुझाएको उनीसँग १० हजार पैसा नभएर भने होईन । आपराधिक पृष्ठभूमि रहेका गुरुङ पटके थुनुवा हुन् । उनी यसभन्दा अघि पनि पटक–पटक पक्राउ परेका थिए । गुण्डा नाईके गुरुङले जेललाई नै सुरक्षित ठाउँको रुपमा लिएका छन् । विभिन्न अपराधमा संलग्न रहेका गुरुङलाई इन्काउन्टरमा परिन्छ भन्ने ठूलो डर रहेको उनी निकट स्रोत बताउँछ ।

गत असार १५ गते काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक र कर्मचारीलाई कुटपिट गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।सानुभाइ प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगीका रुपमा चिनिएका व्यक्ति हुन् ।

सानुभाईले २०६७ सालमा नुवाकोट आप्रहका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । उक्त घटनामा गोली लागेर अनिल घाईते भएका थिए । उनलाई प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिडिरहेको अवस्थामा २०७२ पुसमा पक्राउसमेत गरेको थियो । त्यसबेला प्रहरीले उनको साथबाट एक राउन्ड गोली लोड गरिएको रिभल्वर (पेस्तोल) बरामद गरेको थियो ।

प्रहरीस्रोतका अनुसार घैंटेको इन्काउन्टरपछि सानुभाइको समूहले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बनाएका थिए । त्यसैगरी, नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष मार्ने योजनासहित आक्रमण गरेका थिए । त्यसबेला सुरेश र गुण्डा नाईके सानुभाईबीचको विवाद प्रहरीमा पुगेपनि राजनीतिक दवाबका कारण प्रहरीले उनलाई कारबाही नगरी छाडेको थियो ।

उनको समूह २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमणमा पनि संलग्न थियो । त्यसैगरी सानुभाईकै समूहले २०७१ सालमा डोलबहादुर घलेको आँखानै गुम्ने गरी आक्रमण गरेको थियो ।

प्रहरी स्रोतका अनुसार युवराजविरुद्ध प्रहरीमा अहिले पनि नौ वटाभन्दा बढी केस दर्ता छ । उनी नेपाली कांग्रेसको संस्थापन नेतृत्व निकट मानिन्छन् । उनी संलग्न विभिन्न अपराधमा छिपाउन कांग्रेस संस्थापन समूहका नेताहरुकै संलग्नता रहेको पनि चर्चा चल्ने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।