सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासियो,सडक अवरुद्ध, यात्रु अलपत्र

कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ ।

गोदावरी नगरपालिका ४ स्थित सडकमा पहिरो खसेपछि भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

हिजो राति करिब ११ बजे उक्त सडकमा पहिलो खसेको थियो । त्यसपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको हुँदा सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पहाडी सात जिल्लाबाट आएका गाडी अहिले धनगढी आउन सकेका छैनन् । धनगढीबाट पहाडी सात जिल्लाका लागि छुटेका गाडी पनि त्यही रोकिएका छन् ।

हिजो राति देखी सयौँ यात्रुहरू अलपत्र परेका छन् । पहिरोका कारण सडक समेत भासिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।