काभ्रेमा पहिरोले एकै परिवारका ६ जना पुरिए

काठमाडौं, साउन २३ । अविरल बर्षातका कारण काभ्रेको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ ।

खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।

पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएको छ । अवस्था चिन्ताजनक रहेको स्थानीयलाई उदृत गरी गाउँपालिका अध्यक्ष इन्द्र थिङले जानकारी दिए । पुरिएका मध्ये अन्यको खोजी कार्य जारी रहेको छ ।

अविरल वर्षातका कारण खानिखोला ५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पाओर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ । अरनिको राजमार्गको बनेपा स्थित पुलबजार डुबानमा परेको छ ।

बनेपाकै १४ पेरुङ्गे सामुदायिक वन सँगै एउटा घर जोखिममा परेको प्रहरीले बताएको छ । उद्धारका लागि नेपाली सेना कालीजंग गण र प्रहरीको टोली घटनास्थल पुगेको छ । जिल्ला स्थित विपद ब्यवस्थापन समितिले नाागरिकहरुलाई सुरक्षित रहन र विपद परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको सूचना सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मातहतका सबै सुरक्षा निकाय तथा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नागरिकहरुको खोज, उद्धारमा लाग्ने गरी तयारीमा रहन अनुरोध गरिएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।