ट्रकको ठक्करबाट युवतीको मृत्यु

धनगढी । कैलालीमा युवतीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका-८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति करिब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरी सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिए ।

उनकाअनुसार मध्यरातमा घरबाट निस्केकी चौधरीलाई ठक्कर दिएर ट्रक भागेको थियो । प्रहरीले सोमबार १२ बजेदेखि २ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चलेका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पत्ता लागेको थियो ।

ट्रक र चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।