धार्मिक पर्यटकीय स्थल गोदावरी धाम बाढीले तहसनहस

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाम बाढीले तहसनहस भएको छ ।

सोमबार रातिदेखि अविरल परेको वर्षासँगै आएको बाढीले निर्माण गरिएका भौतिक संरचनामा क्षति पुगेको छ । स्थानीयका अनुसार शिव मन्दिर, विष्णु मन्दिर, संस्कृत पढाइ हुने विद्यालयमा क्षति पुगेको छ । साथै पर्यटनको गन्तव्य बनेको गोदावरी काठे पुलमा पनि क्षति पुगेको छ ।

यसैबीच बाढीमा फसेकाहरुलाई सोमबार राति १० बजे स्थानीयहरुले उद्धार गरेका छन् । गोदावरी नदीमा फसेका ६ जनाको राति नै उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीको कमान्डमा ११ जनाको प्रहरी टोली, सँगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरूको उद्धार गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।