मन्दिरमा दर्शनार्थीभन्दा टिकटक बनाउनेको भीड

काठमाडौँ, साउन २३ गते । साउनको सोमबार देशभरका शिव मन्दिरमा पूजाअर्चना गर्ने श्रद्धालुको भिड लागेको छ । हरियो र पहेँलो पहिरनमा सजिएर महिलाहरू सबेरै शिव मन्दिर पुग्छन् । पूजाअर्चनाका लागि सोह्र शृङ्गारमा सजिएर मन्दिर पुगेका महिलाहरू फोटो खिच्न र टिकटक बनाउनमा नै मस्त ।

टिकटक बनाउनकै लागि सजिसजाउ भएर मन्दिर पुग्ने र विभिन्न गीतमा कम्मर मर्काउँदै टिकटक बनाउनेले मन्दिर परिसरमा अनावश्यक भिड पनि गराएको छ । यतिबेला विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पुज्ने महिना हो । सोमबार पशुपतिनाथ, गोकर्णेश्वर मन्दिर र कोटेश्वरको महादेवस्थानमा दर्शन गर्न आउनेभन्दा बढी टिकटक बनाउनेहरूकै जमात देखिन्थ्यो ।

टिकटक नाच्न, गाउन र अभिनय गर्न जान्ने कलाकारका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्ने राम्रो माध्यम बनेको छ । कतिपयले टिकटकलाई विशुद्ध मनोरञ्जन गर्न प्रयोग गर्ने गरेका छन् । टिकटकमा राम्री भएर प्रस्तुत हुने अनि चल्तीको गीतमा नाच्न कोसिस गर्नु आफैँमा राम्रो कुरा भएको बताउनुहुन्छ पशुपति मन्दिर दर्शन गर्न आउनुभएकी दर्शनार्थी कोपिला मल्ल । उहाँ भन्नुहुन्छ, “म हरेक सोमबार साथीहरूसँग यहाँ दर्शन गर्न आउँछु र टिकटक बनाएर रमाइलो गर्ने गरेकी छु ।” उहाँ मात्र होइन अर्की दर्शनार्थी मैतीदेवी निवासी रामकला पाण्डे भन्नुहुन्छ, “टिकटकलाई जति सजिलो र हल्का रूपमा लिइन्छ यो बनाउन भने त्यत्ति सजिलो छैन । १५ सेकेन्डभित्र आफूले भन्न खोजेका र देखाउन खोजेका कुरा प्रस्तुत गर्नु भनेको सानो कुरा होइन । त्यसैले छोटो समयमा के सन्देश दिने भनेर अलिकति दिमाग त खियाउनै पर्छ ।” यसको मतलब सबै प्रयोगकर्ताले उत्तिकै महत्वपूर्ण भिडियो बनाउँछन् भन्ने पनि होइन । कतिले गीतमा ओठ मात्र चलाएर गाए जस्तो मात्र गरेका हुन्छन् भने कति त अरूको गीतमा नाचेका मात्र हुन्छन् ।

संस्कृतिविद् गोविन्द टन्डन आजकल भित्रैदेखि भक्ति गर्नेको भन्दा धेरै टिकटकमा नाच्नेको सङ्ख्या मन्दिर परिसरमा बढ्न थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “टिकटक सामाजिक सञ्जालको पाटो हो । यो संस्कृति होइन ।” हरेक विषय र प्रसङ्गमा टिकटक बनाउन थालेपछि त्यसले धार्मिक महत्व कम गराउँछ विकृतितिर आकर्षित गराउने खतरा पनि रहने उहाँको विश्लेषण छ । उहाँ भन्नुहुन्छ, “यस्तै सामाजिक सञ्जालको अनावश्यक प्रयोगले धर्म संस्कृतिको वास्तविक भावभन्दा पनि देखावटीपनलाई बढी प्रश्रय दिएको छ । यसले संस्कृतिको प्रवर्धन गर्दैन ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।