काठमाण्डौमा सडक सम्मै पुग्यो बाढी
काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ ।
उपत्यकाको विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको बहाव उच्च हुँदा सडकसम्म नै बाढी पुगेको छ । नदी किनारका सडकमा पानी जमेको छ । जसका कारण आवतजावतमा समस्या देखिएको छ ।
यस्तै चाबहिलको तरकारी बजारपनि डुबानमा परेकाे छ ।


