विप्लव समूहका काठमाडौँ सेक्रेटरी पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ठहिटी घर भएका दीपक मानन्धरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए ।

५२ वर्षीय मानन्धर नेकपा निकट नेवा मोर्चाको काठमाडौँ जिल्ला अध्यक्ष पनि हुन् । रातोपुल स्थित ‘एनआरके जिमहल’ बन्द गराएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए । जिमहलमा विवाद भएको भन्दै मानन्धरले आफ्नो पार्टीको ‘पीडित र न्याय विभागमा सम्पर्क गर्नुहोला’ भनेर सूचना टाँस गरेका थिए ।

जिमहलको विवाद मिलाउने अधिकार राजनीतिक दललाई नभए पनि उनले आपराधिक लाभ लिने गरी जिमहल बन्द गराएको आरोप छ । उनीविरुद्ध प्रहरीले ‘आपराधिक लाभ लिन नहुने कसुर’मा अनुसन्धान गरिरहेको छ ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।