काठमाडौं उपत्यकामा बाढी-पहिरो: १७ जनाको उद्धार

काठमाडौ । काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा बाढी र पहिरोमा फसेका १७ जनाको उद्धार भएको छ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँमा बाढी पसेको छ। कतिपय ठाउँमा पहिरोले संरचनाहरूमा समेत क्षति पुगेको छ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
कागेश्वरी मनोहरा नगरपालिका-७ मा पहिरोका कारण टहरा भत्किएको छ। टहरा भत्किँदा १६ वर्षीया किशोरी घाइते भएकी छन्।

उनको उद्धार गरी केएमसी अस्पतालमा लगिएको छ।
त्यस्तै काठमाडौंको मूलपानी पिपलबोटमा अलपत्र परेका एक जनाको उद्धार गरिएको एसएसपी मैनालीले बताए।
मूलपानीबाट बोडे जाने बाटोमा अलपत्र परेका अर्का एक जना व्यक्तिको पनि उद्धार गरिएको उनले बताए।

बागमती किनारको सुन्दरीघाट सुकुम्बासी बस्तीबाट ११ जनाको उद्धार गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी त्रिपुरेश्वरमा टहरामा बसेका दुई जनाको पनि उद्धार भएको छ। जसमध्ये एक जना घाइते हुँदा ट्रमा सेन्टरमा पठाइएको छ।
ललितपुरको सानेपास्थित कालोपुलमुनि जेसिबी डुबानमा परेको छ। जेसिबीका चालकको पनि प्रहरीले उद्धार गरेको छ।

भक्तपुरको हनुमन्ते खोला राममन्दिर नजिकै पनि तीन जना पानीमा फसेका छन्। उनीहरूको उद्धार जारी रहेको एसएसपी मैनालीले बताए।
चाँगुनारायण-१ सम्थली गणेश मन्दिर स्थितमा माटोको ढिस्को खस्दा अस्थायी घर भत्किएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।