मकवानपुर पहिरोमा बेपत्ता ६ जना भेटिएनन्, बागमतीले बगाएको आशंका

काठमाडौ । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेनीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। सोही घटनामा ६ जना बेपत्ता भएका छन्।

सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे पहिरो खसेको थियो। उक्त पहिरोले घर बगाउँदा सात जना पुरिएका थिए। तीमध्ये सन्तमाया स्याङ्तानलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

पहिरोमा परी बागमती गाउँपालिका-५, सिक्रेदोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिव्या पहरी र सिन्धुली, हरिहरपुर गाउँपालिका(१, कोकटीका अन्दाजी १७ वर्षका पासाङ घिसिङ ९पाहुना० बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको कार्कीले बताए।

काभ्रे जिल्लाको खानीखोला गाउँपालका-५ स्थायी घर भएका अकलबहादुर स्याङ्तान मकवानपुरको बागमती गाउँपालिका-५ स्थित सिक्रेदोभानमा बस्दै आएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।