बागमतीमा पानीको सतहले खतरा तह पार गयो, सतर्क रहन आग्रह

जनकपुरधाम । सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएको छ । उनले बागमती र लालबकैया त्यस आसपास बस्ने स्थानीवासीहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेको छ ।

उनका अनुसार जिल्लामा अहिलेसम्म बाँध भत्केको अथवा डुबानमा परेको अवस्था छैन । तर पनि वृन्दावन नगरपालिका वडा नं।१ मा बागमती खोलाको स्थान ठुलो रहेकोले त्यस आसपासका स्थानीयहरू प्रभावित भएको जानकारी आएको उनले जनाएको छ ।

उनले त्यस आसपास तट्बन्ध खोला पट्टी घर बनाएर १५-२० जना बसिरहेको छ । उनीहरू डुबानमा पर्ने बुझिएकोले त्यहाँ उद्धार टोली पठाइएको प्रजिअ मिश्रले जनाएको छ । ‘अहिले म फिल्डमै छु,’ उनले भने, प्रभावित क्षेत्रहरूमा निरीक्षण गर्दैछु ।’

यता बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदीमा खतराको तह ६.८ मिटर पार गरेर ७.८१ मिटर पुगेको र अझै बाढी बढिरहेको देखाएको छ । तर, अहिलेसम्म जिल्लामा बाढीले खासै क्षति भएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।