रोल्पामा बस दुर्घटना, ६ जना गम्भीर घाइते

काठमाडौं,२३ साउन । रोल्पाको तिलामा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–७ स्थित रिचि तिलानजिक दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारु मगरले अहिले प्रहरीले उद्धारको काम गरिरहेको बताए । बसमा १५ जना सवार थिए । जसमध्ये ६ जना गम्भीर घाइते भएका हुन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।