देशभर कुन–कुन सडक अवरुद्ध छन् ? बुझेरमात्रै यात्रा गर्न आग्रह

काठमाण्डाै – ठूलाे वर्षाका कारण पहिरो खस्दा देशभर ठाँउठाँउमा सडक अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी काेरिडोर अवरूद्ध भएको छ । बाग्लुङ–बुर्तिबाङ सडक खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र काेरिडोरको बाग्लुङ नगरपालिकाकाे गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

यस्तै दाङको घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । यसैगरी गए राति खसेको पहिराेका कारण चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको कालीखोलामा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । केहीबेर सडक खुलाए पनि फेरि बन्द भएको छ ।

यस्तै हेटौँडालाई काठमाण्डाैसँग जोड्ने दुई वटा छोटा राजमार्ग कान्ति लोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । भीमदत्त राजमार्गको खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएपछि अवरुद्ध भएको हो । यस्तै पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डअन्तर्गत व्यास–१२ देउरालीमा सडक भासिएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल–बर्दिबास जोड्ने वीपी राजमार्ग अवरुद्ध भएको छ । वीपी राजमार्गअन्तर्गत नै रोशी गाउँपालिका–११ कालढुङ्गामा पनि सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । यस्तै नुवाकोटको ककनी गाउँपालिका–४ निगालाेमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ बैसरीमा पहिरो खस्दा बेनी जोमसोम सडक खण्ड पनि अवरुद्ध छ । डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरो झर्दा बतुडर–जोगबुढा भित्री सडक खण्ड अवरुद्ध भएको छ ।

प्युठानको माण्डवी गाउँपालिका–१ गर्जेनीमा पहिरो जाँदा भालुबाङ–प्यूठान–रोल्पा सडक खण्ड अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ ड्याम साइटमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग एकतर्फी बन्न पुगेको प्रहरीको भनाइ छ । ठाउँठाउँमा सडक बन्द भएकाले सडकको अवस्थाबारे जानकारी लिएरमात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।