बसको ठक्करबाट १० गाई गोरु मरे

कृष्णनगर, २३ साउन (रासस) : कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडाँैबाट दाङ तुल्सीपुर जाँदै गरेको बसको ठक्करबाट पाँच गाई र पाँच गोरु मरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । बसको ठक्करबाट चार वटा पशु चौपाया घाइते भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

गाईगोरुलाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । गएराति अध्यधिक पानी परेको र तीव्र गतिका कारणबीच गाईगोरु ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइते पशुको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सकले उपचार गरी जङ्गलतिर लागेको र अन्यको पोष्टमार्टम गरी गाडीएको गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।