घुमुवा प्रहरी कुटिए

काठमाडौ । कञ्चनपुरमा घुमुवा प्रहरी कुटिएका छन्। स्रोतका अनुसार सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआइटी समूहका एक सिपाही कुटिएका हुन्।

सोमबार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले कुटेका हुन्। उनलाई युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन्।

साउँदले मदिरा सेवन गरेर आफू डीआईजी भरत बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात भएको बताइएको छ।

साउँद डीआईजी बोहराका नातेदारसमेत पर्ने बुझिएको छ। प्रहरीको सुदूरपश्चिम प्रमुख भएर आएपछि नातावाद र क्षेत्रियता लाधेको आरोप खेपिरहेका डीआईजी बोहराले साउँदलाई बैतडीबाट ल्याएर आरआइटीमा राखेका थिए।

बोहराले आवश्यकता र औचित्य नरहेको भन्दै आरआईटी भंग गरेका थिए । तर उनले लगत्तै आफ्ना नातेदार पर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक डेनी स्वाँरको नेतृत्वमा आरआईटी गठन गरेका थिए। सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी)मा आवद्ध प्रहरी जवान रंञ्जित साउँदले कुटिएको घटना लुकाइएको छ।

प्रदेश प्रहरीका प्रवक्ता प्रज्वल मर्हजनले घटनाको विषयमा जानकारी नभएको प्रतिकृया दिए। कञ्चनपुर प्रहरीलेसमेत घटनाको विषयमा कुनै जानकारी नभएको बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।