श्रीमतीलाई बलात्कार गर्ने श्रीमान् प्रहरी खोरमा

काठमाडौ । गत भदौ २२ गते मात्र विवाह बन्धनमा बाँधिएकी एक महिला श्रीमानले बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी छिन् । काठमाडौं प्रहरीले आरोपीलाई पक्राउ गरेर अदालतमा मुद्दा चलिरहेको छ ।

पीडित सरिता (नाम परिवर्तन) ले जबर्जस्ती करणी र कुटपिट÷अंगभंगको कसुर गरेको भन्दै श्रीमान् कमल (नाम परिवर्तन) विरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी थिइन् । मागी विवाह गरेको यो जोडी बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएको थियो ।

सरिताका अनुसार कमलले उनको इच्छाविपरीत र महिनावारी भएका समयमा पनि शारीरिक सम्पर्क राख्ने गरेका थिए । आफूले भनेको नमान्दा श्रीमानले कुटपिटसमेत गर्ने गरेको र त्यही क्रममा दाँतसमेत भाँच्चिएको सरिताले जाहेरीमा उल्लेख गरेकी छिन् । उनले आफ्नो शरीरमा भएका चोटपटक र नीलडामसमेत प्रमाणका रूपमा पेश गरेकी छिन् ।

यता आरोपी कमलले सरिताले नियमित मदिरा सेवन गरेर घर आउने गरेको र सोही विषयमा भनाभन हुने गरेको बताएका छन् । आफूले भन्दा पहिले श्रीमतीले मुक्का हानेको उनको दाबी छ ।

प्रहरीसँगको बयानमा कमलले साढे २ महिनाअघि मापसे गरेर घर आएकी सरिताले आफूलाई मुक्का प्रहार गरेको बताएका छन् । प्रतिकारमा आफूले पनि मुक्का प्रहार गर्दा सरिताको दाँत भाँच्चिएको उनको भनाइ छ ।

‘मैले श्रीमतीलाई कहिल्यै जबर्जस्ती गरेको छैन । बरु मदिराले लट्ठ भएपछि उनले नै चाहेअनुसार शारीरिक सम्पर्क गर्न बाध्य हुने गरेको थिएँ,’ कमलले बयानमा उल्लेख गरेका छन् ।

घटनाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर भएको हो । गत २३ गते सरकारी वकिलबाट अभियोग पत्र दर्ता भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।