यि रहेछन् गाउँलेहरुले उधारो नदिएपछि रातभर गाउँमा आगो लगाउँदै हिँड्ने युवक

जुम्ला । जुम्लामा शृङ्खलाबद्ध आगलागीका घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-४ घर भई हाल चन्दननाथ नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय रत्न अधिकारी रहेको जुम्लाका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

डिएसपी कार्कीका अनुसार अधिकारीले सुरुमा २०८० साल असार २६ गते गुठिचौर गाउँपालिका-४ बालु स्थित कृष्ण बहादुर अधिकारी घर अगाडि पार्किङ गरी राखेको अटोमा आगो लगाएका थिए। कृष्णबहादुरसँग रिसिबीई साँध्न रत्नले अटोमा आगो लगाएको डिएसपी कार्कीले सुनाए।

‘हामीले कृष्ण बहादुर अधिकारीलाई सोध्दा एक पल्ट चामलको विषयलाई लिएर पहिले विवाद भएको रहेछ। उनले सबैभन्दा धेरै घटना ०८० साउन ०५ गते घटाएका थिए। त्यस दिन सुरुमा चन्दननाथ-१ डुडाखोज स्थित रतन बहादुर बुढाको घरको दोस्रो तलाको बार्दलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका रहेछन्। सोही दिन गुठीचौर-४ बिगारे बस्ने वर्ष ५६ को भीम प्रसाद घरको भुईँ तलामा राखेको गहुँको भुसमा राती करिब १२ बजे आगो लगाए। त्यसपछि राती १ बजे गुठीचौर-४ खल्लावाडाका लाल चन्द्र सार्कीको ढुंगा माटोले घरको भुईँ तलाको गोठभित्र रहेको सुकेको घाँसमा आगो लगाए। सोही रात गुठीचौर-४ डाँडावाडा (क) का ५९ को कविदत्त न्यौपानेको घरको भुईँ तलाको आँगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बारदलिमा क्षति गरे। राति १ : ३० बजेको समयमा गुठीचौर ४ डाँडावाडा (ख) का कविदत्त न्यौपानेको घरको काठको भ्याङ्गमा आगो लगाए। त्यसपछि राती ०१: ४५ बजे गुठीचौर-४ धवलपुराका खडानन्द पाण्डेको घरमा आगो लगाए। त्यसपछि ०१:४५ बजे गुठीचौर-४ धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगो लगाए।’

रात भरी आगो लगाउँदै हिँडेका उनले ३:१५ बजे गुठीचौर-५ मा सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरी राखेको रारा तेन्जिन कन्स्ट्रक्सन लु ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेको प्रहरीले बताएको छ।

उनले शृङ्खलाबद्ध आगजनी गर्नुको कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो समेत नपत्याउने र नदिने भएपछि निराश भई यस्तो कार्य गरेको प्रहरी बयानमा बताएका छन्।-गोल्डेन बुढा/नागरिक न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।