आज सार्बजनिक बिदा
विराटनगर। कोशी प्रदेशमा बुधबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
विश्व आदिवासी तथा जनजाति दिवसमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार बिदा रहेको जनाएको छ ।
प्रदेश सरकारले दिएको विदा संघीय सरकार मातहतका निकायहरुमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।


