माछा मार्न गएका युवक पहिरोमा पुरिए

दोलखा । तामाकोशी किनारमा माछा मार्न गएका दोलखाका एक युवक पहिरोमा पुरिएका छन् । साँझ ६ बजेतिर माछा मार्न गएका बिगु-२ का १४ वर्षीय तिरिस तामाङ पहिरोमा पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेस कुमार यादवका अनुसार पहिरोमा पुरिएका तामाङको खुट्टा देखिएको छ र पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको छ ।

तिरिस तामाङ अरु तीन जना साथीसँग माछा मार्न भनेर साँझ ६ बजेतिर तामाकोशी किनारमा गएका थिए । बिगु-२ को टुकु भन्ने स्थानमा एक सय मिटर माथिबाट पहिरो खसेपछि उनी पुरिए । उनका साथीहरु भने भागेर ज्यान जोगाउन सफल भएका सूचना अधिकारी यादवले जानकारी दिए ।

‘त्यसको जानकारी प्रहरीलाई राति ९ बजे प्राप्त भयो । रातिको बेला भएकाले हिजो तामाङ फेला परेनन् । आज बिहान भने पहिरोमा पुरिएको अवस्थामा उनको खुट्टा देखिएको छ,’ उनले भने । उनलाई बाहिर निकाल्ने प्रयास भइरहेको र इन्सपेक्टर राजेश सिग्देलको टोली घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।