अचाक्ली बढ्यो चामल, गोलभेडा र जिराको भाउ

काठमाण्डौ – दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । बजारमा गाेलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ ।

माग अनुसारको उत्पादन नहुँदा गाेलभेडाको भाउ दिनहुँ बढ्दै गएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएका छन् ।

२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ ।

तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढाएको भन्दै विरोध भइरहेको छ ।

यस्तै, बजारमा जीराको भाउ समेत अचाक्ली बढेको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसले असर गरेको व्यापारी बताउँछन् ।

त्यस्तै, बजारमा गोलभेडाको भाउ पनि दिनहुँ बढिरहेको छ । काठमाण्डौको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज थोक बजारमा नै ठूलो गाेलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ ।

यस्तै, सानो गाेलभेडा किलोको ६५ देखि ७५ रुपैयाँ र टनेलको सानो गाेलभेडा ८० रुपैयाँदेखि ९५ रुपैयाँ थोक मूल्यमा पुगेको छ । यो थोक मूल्य हो ।

उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भाउको दोब्बर तेब्बर महँगाे पर्छ । गाेलभेडाको भाउ बढ्नुमा अफसिजन र माग भन्दा कम उत्पादन हुनु नै कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

अहिले भारतमा पनि गाेलभेडाको भाउ बढेको छ । यसले गर्दा भारतबाट गाेलभेडा भित्रिएको छैन । बरु नेपालबाट केही व्यापारीले भारतमा बिक्रि गरिरहेका छन् ।

गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गाेलभेडा फालेर विरोध गरेका थिए ।

तर, अहिले भने किसानले खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाइरहेका छन् । गाेलभेडाको मूल्य बढ्न थालेपछि किसान उत्साहित भएका छन् । तर, उपभोक्ता भने महँगीको मारमा परेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।