विराटनगरका एक युवक सिराहको मिर्चैयामा मृत फेला

विराटनगर । सिराहको मिर्चैयामा विराटनगरका एक युवक मृत फेला परेका छन् ।

विराटनगर १० घर भएका २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको सिराह प्रहरीले जनाएको छ । पाथीभरा कापी उद्योग सञ्चालक समेत रहेका भट्टराईको सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि बुधबार बिहान शव फेला परेको हो ।

भट्टराईको शव होटेलको पछाडि शौचालय नजिक भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । भट्टराईको परिवार विहानै घटनास्थलमा पुगिसेका छन् । उनको शव पोस्टमार्टमका लागि विराटनगर ल्याउने वा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने भन्ने निर्णय हुन बाँकी रहेको विराटनगरका संचारकर्मी सुवास कार्कीले जानकारी दिए । कार्की घटनास्थलमा नै पुगेका छन् । प्रहरीले घटनाको मुचुल्का उठाउदै गरेको समेत उनले बताए ।

विराटनगरदेखि मिर्चैया पुगेका भट्टराई सोही स्थानको सहदेव होटलमा बसेका थिए । तर उनको शव भने नजिकैको सम्भु हाटेलमा फेला परेको कार्कीले जानकारी दिए । ‘विराटनगरदेखि जाँदा मिर्चैयाको सहदेव होटलमा बस्नुभएको रहेछ, तर शव दुई,तीन घर दक्षिण सम्भु होटलमा भेटिएको छ ।’ उनले भने,‘ अनुसन्धान उतै होटल तर्फ नै जान्छ होला सायद, घटना शंकास्पद देखिन्छ ।’

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार मृतक भट्टराईले अत्याधिक मधिरा सेवन गरेको र होटलको छत नांगो भएकाले त्यहीबाट खसेको हुनसक्ने बताए । ‘मृतक भट्टराईलेआफू बसेको होटलमा नै एक फायल हार्ड ड्रिङ्स पिएको देखिन्छ, त्यसपछि फेरी अर्को होटल अर्थात शम्भु होटलमा पनि वियर पिउनु भएको देखिन्छ ,’ति प्रहरी अधिकृतले भने,‘चुरोट लिएको पनि देखिन्छ र छत नांगो छ केही पर्खालहरु लगाइएको छैन, थप अनुसन्धानपछि नै हामी बताउन सक्छौँ ।’

यता, मृतकका आफ्न्तले भने भट्टराईको हत्या नै भएको हुनसक्ने अनुमान लगाएका छन् । संचारकर्मी कार्कीले दिएको जानकारी अनुसार मृतक भट्टराईको शरीरमा कुनै चोपटक छैन । ,‘ उहाँको व्याग सहदेव होटलमा नै थियो हामीले लिएर आएका छौँ, उनले भने,‘ वियर खाएर लडेको भन्ने छ तर माथिबाट लडेको जस्तो देखिन्न चोटपटक, घाउ कहीँ छैन ।’

भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखिमाथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन् । भट्टराई मंगलबार बेलुका को.१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ गरी चालक सागर राईसँगै सहदेव होटेलमा खाजा र खान खाएपछि रातीे ११ बजेतिर चालक राई सुत्न गएका थिए । भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटेलमा गएको प्रहरीको दाबी छ । चालक राईले भने राति १ बजेतिर होटेलका सञ्चालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
-आवरविराटनगर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।