मकवानपुर र चितवनबाट एक वर्षमा २ करोडभन्दा बढीको सुन र हिरा बरामद

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले गत आर्थिक वर्षमा मकवानपुर र चितवनबाट अवैध सुन र हिरासहित ६ जनालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीका अनुसार प्रहरीले प्रदेशका चितवनबाट ७४६ ग्राम हिरा र मकवानपुरबाट १ किलो ७८४ ग्राम सुन बरामद गरेको हो ।

प्रहरीले आफ्नो १० जिल्ला कार्यक्षेत्र अन्तर्गतको २ जिल्लाबाट मात्र कुल २ करोड ४३ लाख ८५ हजार रुपैयाँ बराबरको सुन तथा हिरा बरामद गरेको उनले बताए ।

प्रहरीले चितवनबाट १ करोड २६ लाख रुपैयाँ बराबरको ७४६ ग्राम हिरासहित ३ जनालाई पक्राउ गरेको थियो भने मकवानपुरबाट गत आर्थिक वर्षमा १ करोड १७ लाख ८५ हजार २ सय ४४ रुपैयाँ बराबरको १ किलो ७८४ ग्राम सुनसहित ३ जनाई पक्राउ गरेको थियो ।

त्यस्तै प्रहरीले मकवानपुरबाटै १८ लाख ३९ हजार रुपैयाँको १९ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको थियो भने रसुवाबाट ६ लाख १८ हजार रुपैयाँको ५ किलो २६० ग्राम चाँदीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै प्रदेशको १० जिल्लमा प्रहरीले गत आर्थिक वर्षमा हिरा, सुन र चाँदीसहित १८ करोड १० लाख १५ हजार रुपैयाँको भन्सारजन्य सामग्रीहरु बरामद गरेको थियो ।

उक्त सामग्रीसहित प्रहरीले ८० जनालाई पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए । प्रहरीले सबैभन्दा बढी चितवनबाट ६ करोड ८३ लाख ६४ हजार रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद गरेको छ । प्रहरीले चितवनबाट १ करोड २६ लाख रुपैयाँ बराबरको ७४६ ग्राम चाँदी, १३ लाख ४१ हजार रुपैयाँको ३८१ क्युफिट अवैध काठबाट र ५ करोड ४४ लाख २२ हजार रुपैयाँ बराबरको अवैध कपडा, खानेकुरा लगायत अन्य सामग्रीहरु बरामद गरेको छ ।

प्रहरीले चितवनबाट उक्त भन्सारजन्य सामग्रीसहित १९ जना पक्राउ भएको सूचना अधिकारी रेग्मीले बताए ।

यस्तै प्रहरीले मकवानपुरबाट गत आर्थिक वर्षमा ५ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद गरेको छ । सूचना अधिकारी रेग्मीका अनुसार प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट १ करोड १७ लाख ८५ हजार रुपैयाँको ७८४ ग्राम सुनसहित ३ लाख ४७ हजार रुपैयाँको १०५ क्युफिट अवैध काठ र ३ करोड ९८ लाख ८४ हजार रुपैयाँको खाद्यान्न तथा कपडा र अन्य अवैध सामग्री बरामद गरेको छ ।

प्रहरीले उक्त भन्सारजन्य सामग्रीसहित १० जनालाई पक्राउ गरेको सूचना अधिकारी रेग्मीले बताए ।

प्रहरीले सिन्धुलीबाट १ करोड ५७ हजार रुपैयाँको भन्सारजन्य सामग्री सहित ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जनाए ।

यसैगरी समीक्षा अवधिमा प्रहरीले काभ्रेबाट ९४ लाख ५१ हजार रुपैयाँको भन्सारजन्य सामग्री तथा अवैध काठसहित ८ जनालाई पक्राउ गरेको छ । काभ्रेबाट ५७ हजार रुपैयाँको ३० क्युफिट काठसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सिन्धुपाल्चोकबाट २ लाख ७९ हजार रुपैयाँको १७३ क्युफिट काठ तथा भन्सार जन्य सामाग्रीसहित १३ जना पक्राउ गरेको छ ।

नुवाकोटबाट ४ लाख ६२ हजार रुपैयाँको ३८४ क्युफिट काठ तथा भन्सारजन्य सामग्रीसहित ९ जना पक्राउ गरिएको छ भने धादिङबाट २ करोड २१ लाख ७ हजार रुपैयाँको अवैध भन्सारजन्य सामग्री र ३ लाख ९८ हजार रुपैयाँको ४२९ क्युफिट अवैध काठसहित ९ जना पक्राउ गरिएको छ ।

रसुवाबाट २६० ग्राम चाँदी र १ करोड ४९ लाख ४१ हजार रुपैयाँको अन्य अवैध सामग्रीसहित ६ जनालाई पक्राउ गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला रामेछाप र दोलखामा भन्सारजन्य सामान बरामद नभएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।