त्रिशूलीमा महिलाको शव फेला

नुवाकोट, नुवाकोट तारकेश्वर गाउँपालिका-४ स्थित दर्शनटारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया सरस्वती रिमालको शव फेला परेको हो ।

बुधबार पौने पाँच बजेतिर स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा ती महिलाको पहिचान खुलेको र उनी बुधबार बिहान घरबाट एक्लै उपचारका लागि भनेर त्रिशूली अस्पताल आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मृतकका परिवारलाई जानकारी गराई शव त्रिशूली अस्पतालमा पोस्टमार्टमका लागि ल्याइँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिमालको मृत्युबारे अनुसन्धान भैरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।