बिर्तामोडबाट २४ जना नक्कली मगन्तेलाई भारत फिर्ता पठाइयाे

झापा । बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । राजस्थान घर बताउने उनीहरुलाई पक्राउ गरी भारत फर्काएको हो ।

मंगलबार दिउँसो सडक तथा पसलहरुमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको संख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरुको समूह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए। बसपार्कको एक होटलमा डेरा गरी बसेको फेला पारेपछि उनीहरुलाई नगर प्रहरीले पक्राउ गरी अनारमनी प्रहरीको जिम्मा लगाइएको हो ।

पक्राउ परेकाहरु बसपार्कमा सुनिता शेर्माले सञ्चालन गर्दै आएको मौसम ताप्लेजुङ होटलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरुले दैनिक १ हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए । पक्राउ पर्नेहरु १२ जना बालबालिकासहित २४ जना थिए ।

६ महिनाको बच्चासहित नेपाल आएका उनीहरु प्राकृतिक विपत्तिका कारण आफूहरुले घरबार गुमाएकोले सहयोगको अपिल गरिएको कागज बनाएर माग्दै हिँड्ने गरेको पाइएको छ । बिर्तामोडमा चाडपर्व नजिकिएसंगै यस प्रकारका मगन्तेहरुको भीड बढ्ने गरेको पाइन्छ । पक्राउ गरिएका सबैलाई नगर प्रहरीको गाडीमा राखेर काँकरभिट्टाको मेची पुलसम्म छोडिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

नगरपालिकाले जनसरोकारका विषयलाई ध्यानमा राख्दै बिर्तामोडमा हुने विभिन्न प्रकारका गतिविधिहरुको कडाईकासाथ अनुगमन गर्दै आएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।