कानेपोखरीको भलुवा सिमसार अलपत्र

पथरी, २५ साउन (रासस) : मोरङको कानेपोखरी गाउँपालिकाको वडानं७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माणकार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मङ्सिर ७ मा तत्कालीन गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शिलन्यास गर्नुभएको थियो ।

उक्त सिमसारको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु पाँच करोड विनियोजन गरिएको थियो । केही काम सुरु गरिए पनि सिमसारमा हाल निर्माणको काम ठप्प छ । सिमसार निर्माणका लागि पूर्वमन्त्री भानुभक्त ढकालले उक्त रकम उपलब्ध गराउनुभएको थियो । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यवहोर्ने गरी सो रकम विनियोजन गरिएको थियो ।

सिमसारमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी रु तीन करोड ६५ लाख ९८ हजार आठ सय ७० मा स्काई सएस मुटुयल जेभीले ठेक्का लिएकामा हालसम्म ४० प्रितिशत पनि निर्माण सम्पन्न्न भएको छैन । सिमसारका लागि पहिलो र दोस्रो गरी दुई किस्तामा रु ५७ लाख ९० हजार दुई सय ६० निकासा भएको गाउँपालिकाले जनाएको छ ।
पालिकाकी अध्यक्ष राजमती इङनामले वन क्षेत्रभित्र पर्ने भएकाले र केन्द्रबाट बजेट नआएका कारण काम रोकिएको बताउनुभयो । वनले कार्ययोजना बनाएपछि काम फेरि छिट्टै सुरु हुने उहाँको भनाइ थियो । केन्द्रीय सरकारबाट बजेट आउने भएका कारण गाउँपालिकाले यसवर्ष भलुवा सिमसारका लागि बजेट नछुटाएको अध्यक्ष इङ्नामले बताउनुभयो ।

करिब दुई वर्ष वितिसक्दा पनि भलुवा सिमसारको काम आधा पनि नभएको वडानं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताउनुभयो । ठेकेदार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न हुने गरी काम सुरु गरेको उहाँको भनाइ थियो ।

सिमसारमा पोखरी सफाइ, कलभर्ट निर्माण, पैनीमा क्यानल निर्माण र घेराबारालगायत आधा काम सम्पन्न भएको वडाध्यक्ष अधिकारिले बताउनुभयो । यता सिमसार संरक्षण र सम्बद्र्धनका लागि लाखाँै बजेट निकासा भए पनि सिमसारको उन्नति र प्रगति नभएको स्थानीयवासी सन्तोष लिम्बको गुनासो थियो । पालिकाले चासो नदिएको र पहल नगरेका कारण भएको संरचना पनि लथालिङ्ग अवस्थामा पुगेको उहाँको भनाइ थियो । सिमसारको कामका लागि आएको बजेट बालुवामा पानी बराबर भएको र बजेट तथा समयअनुसार आदि पनि काम नभएको स्थानीयवासी दीपा रोक्काले बताउनुभयो ।
ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सीम तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । वन्यजन्तुको लागि सानो चिडियाखाना, टि हाउस, वनभोज स्थल, कटेज, स्वागत द्वार, कल्भर्ट, शौचालय, विश्रामस्थल, पाले बस्ने ठाउँ, पोखरी विस्तार, पोखरीको बीचमा पुल निर्माण, सभाकक्षसहितको पाहुना बस्ने घरजस्ता संरचना निर्माण गर्ने भनिएको थियो ।

अहिलेसम्म भनिएका आधा काम पनि सम्पन्न भएको छैन । उतिखेर तत्कालीन वन समितिका अध्यक्ष हरि पौडेलले उक्त सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटी १० वर्षमा पूर्वकै प्रमुख पर्यटकीयस्थल बनाउने घोषणा गर्नुभएको थियो ।

सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं ४, ६ र ७ सम्म करिब एक हजार बिघाभन्दा बढी जमिनमा सिँचाइ हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।